शुक्रबार सुन तोलामा २ सय रुपैयाँले घट्यो

२१ माघ २०७८, शुक्रबार १२:३५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ५ सय रुपैयाँले बढेको सुन शुक्रबार भने २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँका कायम भएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*