सुनचाँदी दुबैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

२३ माघ २०७८, आईतवार ११:३१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा २ सय रुपैयाँले घटेको सुन आइतबार भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*