टोखा र ग्रीनल्याण्डमा बजाजको नयाँ सर्भिसिङ सेन्टर संचालन, ६० मिनेटमै सर्भिसिङको काम सकिने

२३ माघ २०७८, आईतवार १५:३६

काठमाडौं । बजाज मोटरसाइकलले काठमाडौंको टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी सगै बजाज मोटरसाइकल सोरुम तथा सर्भिस सेन्टर’ संचालनमा ल्याएको हो ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो ।

उक्त सेन्टरमा मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्य ले बताए । साथै उक्त सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गरेका छन् ।

एक दिनमा २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालय पनि सुविधा छ । नयाँ आउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिज का लागि समेत सहज बनाउने कम्पनीले बताएको छ ।

टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै ब्रदर्स अटो का संचालक बिनोद चौलागाईं ले भने, ‘टोखा आउट लेट मा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*