थप १३८६ जनाका कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

२३ माघ २०७८, आईतवार १६:४३

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप १ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ६ हजार ४४३ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १८३ जनामा र २ हजार ८०८ जनामा एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ भने ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५६६ जनामा संक्रमण पुष्टि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*