इसेवाका नवनियुक्त अध्यक्ष कुवँरले राष्ट्र बैंकमा लिए समक्ष पद तथा गोपनियताको शपथ
२१ बैशाख २०७९, बुधबार १७:४०
काठमाडौं । इसेवाको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिए ।
बैंकिङ्ग क्षेत्रमा करिब साढेतीन दशक लामो अनुभव संहाल्नु भएका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टाण्डर्ड चाटर्ड ) बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए