बेरोजगार युवालाई आयमुलक तालिमसगैं रोजगारको व्यवस्था गर्छु – शेखर श्रेष्ठ

२४ बैशाख २०७९, शनिबार १७:१३

काठमाडौं । हजारौं युवालाई रोजगारी दिने शेखर श्रेष्ठ काठमाडौंको टोखा नगरपालिकामा मेयर पदका प्रत्याशी हुन । उनले साहारा राइड सेयरिङ एप मार्फत युवालाई नेपालमै रोजगारी दिइरहेका छन् । प्रविधिको प्रयोग मार्फत उनले युवालाई आत्मनिर्भर बनाएका छन् ।

लायन्स क्लव अफ काठमाडौं देउरालीका चाटर प्रसिडेन्ट, धापासी जात्रा व संस्कृति संरक्षण पुचका सचिव तथा विजनेश ग्रोथ कम्पनि (साहारा राइड सेयरिङ) का अध्यक्ष रहेको उनी स्थानिय गुठिका साथै विभिन्न सामाजिक संघसंस्थामा कुशल नेतृत्व गरिसकेका छन् ।

विगत लामो समयदेखी स्थानिय स्तरहको विकास निर्माणमा सक्रिय रहेका उनी जनतामा लोकप्रिय रहेका छन् । बोलेको कुरा जसरी नी पु¥याउने उनको स्वभाव रहेको स्थानियहरु बताउँछन् । गर्न सक्ने काम मात्र भन्ने र त्यसलाई पुरा गर्ने उनको स्वभाव रहेको छ ।

टोखा नगरपालिकाको विकासको लागि शेखर श्रेष्ठ आए टोखाले मुहार फेर्ने स्थानियहरु बताउँछन् । उनले स्थानिय उद्योगहरुमा सुहलियतमा विद्युत उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् । साथै बेरोजगार युवालाई आयमुलक तालिम दिएर रोजगारीको व्यवस्था गर्छु ।

युवालाई देशमा नै रोजगारीको लागि स्थानिय कृषि, पर्यटन, उद्योगको प्रर्बद्धन गरेर आयात कम गर्ने र देशमा नै रोजगारीकोे अवसर सृजना गर्ने मेरो मुख्य लक्ष्य हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*