स्वास्थ्य बीमा बन्यो बालेन शाहको एजेण्डा

२७ बैशाख २०७९, मंगलवार १२:०२

काठमाडौं । महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफनो चुनावी घोषणापत्रमा स्वास्थ्य बीमा सुविधा जोडेको छ ।बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

युवाहरुको मनमष्तिकमा बस्न सफल भएको बालेन शाहले आफनो घोषणापत्रमा उनले स्वास्थ्य बीमामा सबैलाई जोड्नको लागि उनले समावेश गरेका हुन् । उनको घोषणापत्र बुँदा नम्बर २६ मा स्वास्थ्य बीमालाई स्थान दिईएको छ । उनको घोषणापत्रमा करदातालाई कर रकम अनुसार स्वास्थ्य बीमा उपल्बध गराईने जनाएको छ ।

त्यस्तै बीमा सेवाहरुको लागि केन्द्रिय सरकार र अस्पतालसँग सहकार्य गरिने उनको घोषणापत्रमा उल्लेख गरेका छन् । साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।

सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।

युवाहरुलाई उनीहरुको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने शाहले बताएका छन् ।उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने पनि उनले बताएका छन् ।

https://drive.google.com/file/d/1jKN5xKnrRfLUDqSsMW8EonqaXuks8ZgZ/view

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*