तेस्रो त्रैमासमा एनएलजीको कूल बीमा शुल्क पौने दुई अर्बमाथि, अन्य सूचांक कस्तो ?

२८ बैशाख २०७९, बुधबार ०७:१२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको बीमा व्यवसाय ४.७६ प्रतिशतले फराकिलो भएको छ । नौ महिनाको अवधीमा गत आवको तुलनामा कूल बीमा शुल्क आम्दानी एक अर्ब ६९ करोडबाट बढेर एक अर्ब ७७ करोड १८ लाख ७२ हजार पुगेको छ ।

 

समीक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क आम्दानी भने ३४.६५ प्रतिशतले घटेर ८५ करोड ३६ लाख ५६ हजारबाट घटेर ५५ करोड ७८ लाख ६४ हजारमा झरेको हो । कम्पनीको कूल बीमा शुल्क नघटेकोले जोखिम धारण गर्न नचाहेको कारण कूल बीमा शुल्क घटेको देखिए पनि व्यवसाय भने बृद्धि भएको छ ।

 

कम्पनीले समीक्षा अवधीमा बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषको आकार समग्रमा ६.४६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको चैत्र मसान्तसम्ममा एक अर्ब ४६ करोड ६७ लाख ७७ हजार रुपैयाँ रहेको कोषको आकार यस आवमा बढेर एक अर्ब ५६ करोड १५ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधीमा कम्पनीको मुनाफा २०.२२ प्रतिशतले घटेको छ । गत आवको यसै अवधीमा २२ करोड खुद नाफा आर्जन गरेकामा चालु आवको नौ महिने अवधीमा १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीको व्यवस्थापन खर्च २७ प्रतिशतले बृद्धि हुनु तथा लगानी, कर्जा तथा अन्य आयबाट प्राप्त आम्दानी २२ प्रतिशतले घटेकोले मुनाफा प्रभावित भएको हो । गत आवमा २१ करोड ४१ लाख आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा जम्मा १६ करोड ६४ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । त्यस्तै, व्यवस्थापन खर्च बढेर १८ करोडबाट २३ करोड ७८ लाख ३६ हजार पुगेको छ । यता, कम्पनीको पुनर्बीमा कमिशन आय भने बृद्धि भएको छ । गत आवमा २२ करोड ५४ लख ८७ हजार रहेको पुनर्बीमा कमिशन आय यस वर्षमा २७ करोड ४७ लाख २७ हजार पुगेको छ ।

 

कम्पनीको जारी बीमा पोलिसी संख्या नघटेकोले कम्पनीको व्यवसायमा सुधार भइरहेको छ । गत आवमा एक लाख ६८ हजार २२८ वटा बीमा पोलिसी रहेकोमा चालु आवको नौ महिने अवधीमा एक लाख ६९ हजार ६३७ वटा बीमा पोलिसी कायम रहेको छ । कम्पनीको चुक्ता पुँजि १० प्रतिशतले बृद्धि भई एक अर्ब नौ करोडबाट एक अर्ब २० करोड ६० लाख १३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी ७७.१८ प्रतिशतले बृद्धि भई ९८ करोड ९० लाखबाट एक अर्ब ७५ करोड २४ लाख ४१ हजार पुगेको छ ।

 

कम्पनीको प्रतिशेयर आम्दानी १८.८८ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ४०.६८ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ २२९.४८ रुपैयाँ प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३४९.५२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*