सानिमा जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा ह्वात्तै बढ्यो, व्यवसाय बृद्धि हुँदा देखियो प्रगति

२८ बैशाख २०७९, बुधबार ०७:४१

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण आज प्रकाशन गरेको छ । कम्पनीको वित्तिय विवरणमा मुनाफामा उल्लेख्य बृद्धि भएको देखिएको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको नौ महिनाको अधवीमा १० करोड ५० लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको तुनालमा ८०.५३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ८१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको तुलनामा कम्पनीको कूल बीमा शुल्क आम्दानी ८०.५४ प्रतिशतले बृद्धि हुँदा पुनर्बीमा कमिशन, कूल बीमा शुल्क आम्दानी तथा लगानी तथा कर्जाबाट प्राप्त आम्दानी बृद्धि भएकोले मुनाफा बृद्धि भएको हो । यद्यपि कम्पनीमा व्यवस्थापन खर्च पनि उच्च अंकले बृद्धि भएको छ । कम्पनीको व्यवस्थापन खर्च ४२.०९ प्रतिशतले बृद्धि भई ८ करोडबाट ११ करोड नाघेको छ । कम्पनीको आम्दानी भने २९.७७ प्रतिशतले बृद्धि हुँदा छ करोडबाट बढेर आठ करोड १७ लाख ९६ हजार पुगेको छ ।

 

 

गत आवको समीक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ६०.६८ प्रतिशतले बृद्धि भई १३ करोड ८४ लाखबाट बढेर २२ करोड २४ लाख ४९ हजार पुगेको छ । समीक्षा अवधीमा कम्पनीको बक्यौदा दावी भुक्तानी लगभग शत प्रतिशतले बृद्धि भएको छ । जुन चिन्ताको विषय हो । गत आवमा २३ करोड ९४ लाख रहेको दावी भुक्तानी अहिले ४७ करोड नाघेको । यद्यपि सो रकममा कोरोना बीमाको समेत रहेको कम्पनीले जनाएको छ ।
कम्पनी चालु आवको नौ महिनामा ६६ करोड ७० लाख छ हजार खुद दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा ३५ करोड ८० लाख ८० हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड २९ लाख रुपैयाँ जम्मा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ संचिती थियो । कम्पनीको बीमा कोष आठ करोडबाट बढेर १४ करोड ५२ लाख पुगेको छ भने समग्र कोषको आकार ७०.२१ प्रतिशतले बढेर २८ करोड ९९ लाख आठ हजार पुगेको छ ।

चालु आवको नौ महिने अवधीमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ । मुल्य आम्दानी अनुपात ४०.१४ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*