शिखर इन्स्योरेन्स कम्पनीको दुई दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न

२८ बैशाख २०७९, बुधबार ११:१३

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ई–फार्मेसीको सहकार्यमा दुई दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुको लागि निःशुल्क दुई दिने स्वास्थ्य जाँच शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर आदिको जाँच गरिएको थियो । यसका साथै एक ई–फार्मेसीका पोषण विशेषज्ञले दैनिक आहार र स्वस्थ खाना जस्ता विषयहरूसँग सम्बन्धित जानकारी दिएका थिए ।

उक्त कार्यक्रम विशेष गरी कर्मचारीहरूको लागि आफ्नो दैनिक जीवनमा आउने साना स्वास्थ्य समस्याहरूको बारे ज्ञान प्राप्त गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना गरेको कार्यक्रमममा २ सय जनाभन्दा बढी कर्मचारीहरु सहभागी भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*