निर्धन उत्थान लघुवित्तको खुद नाफामा सामान्य सुधार, अन्य सूचक कस्तो ?

२८ बैशाख २०७९, बुधबार ११:२०

काठमाडौं । निर्धन उत्थान लघुवित्तको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १२।२९५ धेरै हो । गत वर्ष यसले ७१ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १।८४५ ले घट्दा सञ्चालन नाफा भने १२।२६५ ले बढेको छ ।

चैत सम्ममा यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । निर्धनको चुक्ता पुँजी २९।५०५ ले बढेको छ । यसको रिजर्भ कोषमा पनि १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ५।८९५ बाट घटेर ३।३३५ मा झरेको छ । यसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ भने २१० रुपैयाँ ४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*