हिमालयन जनरल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३७ प्रतिशतले बढ्यो, अन्य सूचक सकारात्मक

२८ बैशाख २०७९, बुधबार ११:२६

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले बीमा व्यवसायमा उल्लेख्य सुधार गरेको देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले गत आवको तुलनामा ३७.७५ प्रतिशत बढीले कुल बीमा शुल्क आर्जन गरेको हो । गत आवको यसै अवधिसम्म इन्स्योरेन्सले ९१ करोड ८५ लाख १५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो

त्यस्तै, यस अवधिसम्म इन्स्योरेन्सको बीमा कोषको आकार समेत बृद्धि भएको छ । गत आवको यसै अवधिसम्म ६० करोड ७४ लाख रुपैयाँ बीमाकोषमा संचित गरेकोमा यस अवधिसम्म १०.३७ प्रतिशतले बढाएर ६७ करोड ४ लाख रुपैयाँ बीमा कोषमा संचित गर्न सफल भएको छ ।
बीमा कोषको आकार बढ्दा यता जगेडा कोष र महाविपत्ती कोषको आकार भने घट्न पुगेको छ । जगेडा कोषको आकार १९.९२ प्रतिशतले घटेर २२ करोड ९५ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, महाविपत्ती कोषको आकार ६२.६४ प्रतिशतले घटेर १९ करोड ९ हजार रुपैयाँ संचित रहेको छ । जगेडा कोष र महाविपत्ती कोषको आकार घट्दा इन्स्योरेन्सको जोखिम बढ्न सक्ने सम्भावना रहन्छ ।

यस अवधिसम्म इन्स्योरेन्सको खुद बीमा शुल्क २५.१६ प्रतिशतले बृद्धि भएर २७ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आवमा इन्स्योरेन्सको खुद बीमा शुल्क २१ करोड ६३ लाख रुपैयाँमा सीमित रहेको थियो ।

बीमा ब्यावसायलाई बढाउँदै राम्रैै बीमाशुल्क आर्जन गरे पनि लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी भने घट्न पुगेको छ । गत आवको चैत मसान्ससम्ममा १२ करोड ५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस अवधिसम्म ७ प्रतिशतले घटेर ११ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, ब्यवस्थापन खर्च १८.११ प्रतिशतले बढेर १३ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा १७.५२ प्रतिशतले बढेर १० करोड ६९ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्म इन्स्योरेन्सको खुद नाफा ९ करोड १० लाख रुपैयाँ रहेको थियो ।

चालु आवको ९ महिना अवधिसम्म इन्स्योरेन्सको दावी भुक्तानी २८.३३ प्रतिशतले बढेर ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ । साथै जारी बीमा पोलिसी संख्या घटेर ४९ हजार ४३२ पुगेको छ ।

कम्पनीको यस अवधिसम्म वार्षिकी प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८.३१ रुपैयाँ रहेको छ । साथै कम्पनीको प्रतिशेयर कुल सम्पत्तिको मूल्य २५० रुपैयाँ ५४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*