नेको इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

२९ बैशाख २०७९, बिहीबार ०८:१३

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तयि विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्म्मा कम्पनीको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासम्ममा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस त्रैमासम्ममा कम्पनीके खुद नाफा सामान्य घटेको छ । यसअवधिमा खुद नाफा २.३६ प्रतिशत ले घटेर ३४ करोड २६ लाख ४० हजार रुपैयाँमा आएको छ ।अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य बढेको छ । कुल बिमा शुल्क आर्जन पनि बढेको छ ।

कुल बीमा शुल्क आर्जन र तरलतामा वृद्धि भएकाले संस्थाको वित्तीय स्थिति सन्तोषजनक रहेको कम्पनीले जनाएको छ । साथै, कुल बीमा शुल्क क्रमिक रुपमा बढ्दै गएकाले आगामी दिनमा व्यवसायिक विविधिकरण गरी नयाँ सेवा सुरु गरी कम्पनीलाई अझ वित्तीय रुपमा सबल बनाउने कम्पनीको योजना रहेको छ ।

यसअवधिमा बीमा कोषको आकार २६ दशमलव १७ प्रतिशत ले बढेर १ अर्ब २७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी वार्षिक ३० रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ०५ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*