आइएमई जनरल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जनमा सामान्य सुधार, इपीएस कति ?

२९ बैशाख २०७९, बिहीबार ०९:५४

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनकि गरेको छ। यस त्रैमाससम्ममा आईपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जनमा झिनो सुधार देखिएको छ । गत आर्थिक बर्षमा ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासम्म्मा ५२ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणमा देखाईएको छ।

कम्पनीको खुद बीमाशुल्कमा सामान्य सुधार देखिएपनि कुल बीमाशुल्क आर्जन भने १२ प्रतिशतले बढेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्म्मा १ अर्ब २८ करोड रुपैयँ करोड रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस त्रैमासको अवधिसम्ममा २२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ११ प्रतिशतले बढेको छ ।

यस अवधिसम्ममा कम्पनीको खुद नाफा १० प्रतिशतले घटेर १६ करोड ८१ लाख रुपैयाँकम सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हाल कम्पनीको बीमा कोाष २२ प्रतिशतले बढेर ५५ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ थियो । यस बर्षको कम्पनीको चुक्ता पुँजि ७ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको जगेडा कोषमा ३२ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ ।

कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ र प्रति शेयर नेटवर्थ १७५ रुपैयाँ ८९ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*