नेपाल इन्स्योरेन्सको अधिकांश सूचकमा देखियो सामान्य सुधार

२९ बैशाख २०७९, बिहीबार १०:०५

काममाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार इन्स्योरेन्सको बीमा ब्ययवसायमा उल्लेख्य सुधार आएको देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब १७ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो गत वर्षको तुलनामा २१.३ प्रतिशले बढी हो । गत आवको यसै अवधिसम्म इन्स्योरेन्सले ९६ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्म बीमाशुल्क आर्जन गर्दा इन्स्योरेन्सले खुद नाफा समेत बढाएको छ । गत आवको तुलनामा ५.४९ प्रतिशतले नाफा बढाएर १७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म इन्स्योरेन्सले १७ करोड १ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

नाफामा सुधार गरेसँगै नेपाल इन्स्योरेन्सले कोषहरुको आकार समेत बढाएको छ । बीमाकोषको आकार २९.८० प्रतिशतले बढेर ६५ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषको आकार ७.६३ प्रशितले बढेर ४३ करोड १३ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

यता लगानी, कर्जा अन्यबाट हुने आम्दानी भने घट्न पुगेको छ । गत आवमा १७ करोड १२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस यस अवधिसम्म ८.२२ प्रशितले घटेर १५ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च समेत बढ्न पुगेको छ । इन्स्योरेन्सको व्यवस्थापन खर्च यस अवधिसम्म ३९.९१ प्रतिशतले बढेर २४ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म इन्स्योरेन्सको चुक्तापुँजी ८ प्रतिशतले बृद्धि भएर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । साथै खुद बीमा शुल्क ३.३५ प्रतिशतले बढेर ६० करोड १३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको समिक्षा अवधिसम्म खुद दाबी भुक्तानी भने घट्न पुगेको छ । यस अवधिसम्म १३.८० प्रतिशतले घटेर खुद दाबी भुक्तानी १५ करोड २४ लाख रुपैयाँ पुगेको छ । साथै जारी बीमा पोलिसी संख्या २५.९१ प्रतिशतले बढेर १ लाख ४० हजार ७२६ पुगेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा, पि.ई. रेसियो ५२.६८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*