सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?
२९ बैशाख २०७९, बिहीबार १२:३५
काठमाडौं । आज सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँ कायम रहेको थियो ।