नेसनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रि खुल्ला
२९ बैशाख २०७९, बिहीबार १६:३५
काठमाडौं । नेसनल माइक्रोफाइनान्सको आजबाट संस्थापक समूहको सेयर लिलामी बिक्री खुल्ला भएको छ । लघुवित्तले आजबाट ७९ हजार ८७३ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार १ गतेभित्र बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।