प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण सार्वजनिक मुनाफा बढ्यो

३१ बैशाख २०७९, शनिबार ०७:५९

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित भएको छ । वित्तीय विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकहरुमा बृद्धि भएको छ । कम्पनीको खुद नाफा सामान्य अंकले बृद्धि भएको छ । गत आवको यसै अवधीमा १५ करोड ९८ लाख ३५ हजार मुनाफा कमाएको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा १६ करोड २० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

कम्पनीले चालु आवको नौ महिनाको अवधीमा खुद बीमा शुल्क आम्दानी १९.३५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ४३ करोड १४ लाख ९६ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ५१ करोड ४९ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । कम्पनीको दावी भुक्तानी १२.९८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा कम्पनीले १३ करोड ८३ लाख खुद दावी भुक्तानी गरेकोमा चालु आवको नौ महिनाको अवधीमा १५ करोड ६३ लाख ५८ हजार दावी भुक्तानी गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च ३१.८९ प्रतिशतले बृद्धि भई १४ करोड ९० लाख पुगेको छ । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट प्राप्त आम्दानीमा १०.९८ प्रतिशतले गिरावट आएको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिने अवधीमा एक अर्ब १० करोड ६४ लाख ९३ हजार कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आवको यसै अवधीमा कम्पनीले एक अर्ब १५ करोड कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको थियो । कम्पनीको जारी बीमालेखको संख्या ९२ हजार ७७१ वटा रहेको छ । गत आवको तुलनामा जारी बीमालेख संख्या १५.२६ प्रतिशतले बढि हो ।

कम्पनीको बक्यौता दावी भुक्तानी ३४.११ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ३९ करोड बक्यौता रहेको दावी भुक्तानी यस आवसम्म आईपुग्दा ५२ करोड ७८ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५ गुणा तथा प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३०३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*