सुन–चाँदी भाउ घट्यो

१ जेष्ठ २०७९, आईतवार १२:००

काठमाडौं । आज सुन–चाँदीको मूल्य घटेका छ । सुनचाँदी व्यवसायी महासंघलका अनुसार आइतबार बिहीबारको तुलनामा आइतबार सुनको मूल्यमा गिरावट आएको हो ।

बिहीबार प्रतितोला छापावाल ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आइतबार चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*