नेप्सेको समय बढाउने तयारी, कति हुँदैछ समयअवधि थप?
१ जेष्ठ २०७९, आईतवार १२:०३
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पनि नेप्सेको समयावधि बढाउने तयारीमा जुटेको छ। हालको भन्दा एक घन्टा समय थप गर्न बोर्ड तयारीमा लागेको छ हाल सेयर कारोबार दैनिक ११ देखि ३ बजेसम्म हुने गरेको छ । उक्त अवधिमा एक घण्टा समयअवधि थप गर्ने बिषयमा तयारी चलिरहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार समय अवधि बढाएर साढे १० देखि साढे ३ बजेसम्म पुर्याउने तयारीमा रहेको छ ।नेप्सेको समयअवधि बढाउने निर्णय अन्तिम निर्णय भने हैन । यस बिषयमा छलफल जारी रहेको छ।