भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुचारू
१ जेष्ठ २०७९, आईतवार १६:३५
काठमाडौं। भरतपुर महानगरपालिकाको रोकिएको मतगणना पुनः सुचारू भएको छ । केहि समयअघि रोकिएको मतगणना पुनः सुचारू गर्ने सहमति भएको हो ।
स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको हो । भरतपुर(१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको, तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।