छ वटै वडामा बालेनको अग्रता, पछ्याउदै केशव स्थापित

१ जेष्ठ २०७९, आईतवार २१:३४

काठमाडौं । पछिल्लो मतगणनामा पनि बालेन शाहले नै सबैभन्दा बढी मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्।

बालेनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले २१४८ मत ल्याएर पछ्याइरहेका हुन्।गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १९३४ मत पाएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ। छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्।

वडा नम्बर ३१ को मतगणना आज सुरू भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*