भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीको अग्रता,रेनु दाहालले पाए २६७९ मत

१ जेष्ठ २०७९, आईतवार २१:००

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।आज राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २६९३ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु झिनो मतले अगाडि थिइन्, तर सुवेदीले मतान्तर घटाउँदै लगे र साँझ अग्रता कायम गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत पाएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उम्मेदवार रेनु दाहाललाई छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*