भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रतालाई कायमै, विजय सुवेदी ३० मतले पछाडि
३ जेष्ठ २०७९, मंगलवार ०७:३४
![](https://www.beemapost.com/wp-content/uploads/2022/05/Screenshot_1-9.jpg)
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन् । १७ हजार ३४ मत गणना रेनुले ५ हजार ७१८ मत पाएकी छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत पाएका छन् । उनी रेनु दाहालभन्दा ३० मतले पछाडि छन् ।
प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् । उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ९८२ मतका साथ अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले ४ हजार ६२८ मत पाएकी छन् ।