जनरल इन्स्योरेन्सद्धारा साढे तीन करोड प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा

३ जेष्ठ २०७९, मंगलवार १७:५४

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको करिब साढे चार करोड रुपैयाँ प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा पठाएको छ । स्याङ्जाको खिलुङ कालिका एग्रोको दावी भुक्तानीमा गरिएको करिब चार करोड रुपैयाँ घोटाला रकम नियम अनुसार प्रोभिजन गर्नुपर्नेमा सो नगरी बीमा समितिलाई झुक्याएर वित्तीय विवरण पेश गरिएको बीमा समिति स्रोतले जनाएको छ ।

बीमा समितिले भने सो सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ । जनरल इन्स्योरेन्स कम्पनीले खिलुङ कालिका एग्रो नामक कुखुरा फर्मको गर्नै नमिल्ने बीमा गरी पुनर्बीमा कम्पनीबाट स्वीकृति समेत नलिई दावी भुक्तानी दिएको थियो । सेटिङमा सर्भेयरको रिपोर्ट समेत नआउँदै अग्रिम रुपमा रकम भुक्तानी गरिएको सो काण्डमा बीमा समिति रमिते बन्दै आएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले दर्जनभन्दा बढि कारण देखाएर जनरल इन्स्योरेन्स कम्पनीलाई खिलुङ कालिकाको दावी भुक्तानी दिन नसकिने निर्णय गरेर पत्राचार गरिसकेको छ । पुनर्बीमा कम्पनीले भुक्तानी नदिने भनेपछि जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा उजुरी दिई सो प्रकरण छानविनकै क्रममा रहेको छ ।

बीमाको नियम अनुसार पुनर्बीमा कम्पनीले दावी भुक्तानी नदिने निर्णय गरी मुद्दा समेत चलिसकेको करिब तीन करोड ५० लाख रुपैयाको दावी भुक्तानी बापतको रकम साढे तीन करोड रुपैयाँ प्रोभिजन गर्नुपर्नेमा प्रोभिजन नगरी वित्तीय विवरण पेश गरेको छ । बीमा समितिले सो वित्तीय विवरण पास गर्ने तयारी भइरहेको बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*