मर्जर प्रस्ताव सहित युनाइटेड इन्स्योरेन्सले डाक्यो २८औं साधारण सभा, बुकक्लोज कहिले ?

४ जेष्ठ २०७९, बुधबार १०:४८

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २३ गते बस्ने निर्णय गरेको हो ।

सो अनुसार सभा जेठ २३ गते अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

बीमा समितिको निर्देशन बमोजिम कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड पुर्याउन सो कम्पनीले भविष्यमा अन्य कुनै निर्जिबन बीमा कम्पनीसँग एक आपसमा गाभ्न।गाभिने वा मर्जन तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न सो सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अन्य अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै संस्थापक शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयधरनीतर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरु निर्वाचन गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब बन्द (ब्ुकक्लोज) जेठ ९ गते तोकेको छ । यसअनुसार जेठ ८ गतेसम्म कायम शेयधरनीहरुमात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयधरनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यसअनुसार यसपटक सो कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*