निर्जीवन बीमा कम्पनीहरुको मुनाफा औषतमा ३ प्रतिशत, ७ पुराना कम्पनीको नाफा घट्यो ? (तथ्यांक सहित)

४ जेष्ठ २०७९, बुधबार १३:००

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका २० कम्पनीहरुमध्ये १९ कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । विदेशी शाखाको रुपमा नेपालमा निर्जिवन बीमा गर्दै आएको नेशनल इन्स्योरेन्सले भने यस त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन ।

कम्पनीहरुले प्रकाशन गरेको विवरणका अनुसार निर्जीवन बीमा कम्पनीको गत वर्षको तुलनामा खुद नाफा औषतमा ३ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५८ करोड खुद मुनाफा गरेका छन् । नेशनल इन्स्योरेन्सले भने यस त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गरेको छैन् ।

गत वर्ष यसै अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४५ करोड खुद मुनाफा गरेका थिए । गत वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीको १३ करोड खुद नाफा बढेको छ । गत वर्ष यसैअवधिको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म ७ निर्जीवन बीमा कम्पनीको खुद मुनाफा घटेको छ भने अन्य १२ कम्पनीको नाफा बढेको छ ।

पुराना सात कम्पनीको मुनाफा घट्यो

१९ कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार सात पुराना कम्पनहिरुको मुनाफा घटेको तथ्यांकले देखाएको छ ।गत आर्थिक बर्षको तुलनामा एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल, नेको इन्स्योरेन्स, आईएमई जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा घटेको हो ।

एनएलजी इन्स्योरेन्सको नाफा १९ प्रतिशतले, लुम्बिनी जनरलको नाफा ३० प्रतिशत, नेको इन्स्योरेन्सको २ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्को १० प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको २६ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको १२ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको १० प्रतिशतले मुनाफा घटेको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

कुन कम्पनीको नाफा कति ?

लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ५५ लाख खुद नाफा गरेको छ । एनएलजी इन्स्योरेन्सको १७ करोड ७ लाख, आईएमई जनरल इन्स्योरेन्सको १६ करोड ८१ लाख, एभरेष्ट इन्स्योरेन्सको १० करोड ९४ लाख, प्रिमियर इन्स्योरेन्सको २५ करोड ४२ लाख र प्रुडिन्सियल इन्स्योरेन्सको ११ करोड ३६ लाख खुद मुनाफा गरेका छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा सिद्धार्थ इन्स्योरेन्सको १७ करोड ३४ लाख, सगरमाथा इन्स्योरेन्सको २८ करोड ७१ लाख, प्रभु इन्स्योरेन्सको १६ करोड २० लाख, लुम्बिनी जनरलको ९ करोड ५५ लाख, अजोडको ९ करोड ४१ लाख, नेपालको १७ करोड ९४ लाख, युनाइटेडको १० करोड २३ लाख, जनरल इन्स्योरेन्सको ८ करोड २४ लाख, ओरियन्टल इन्स्योरेन्सको ३२ करोड ६४ लाख र राष्ट्रिय बीमा कम्पनीको ३४ करोड २६ लाख खुद मुनाफा रहेको छ ।

सानिमा जनरल इनस्योरेन्सले १० करोड ५० लाख १८ हजार, शिखर इन्स्योरेन्सले ३६ करोड ७० लाख सगरमाथा इन्स्योरेन्सले २८ करोड ७१ लाख रूपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*