ईसेवाबाट बीमाशुल्क भुक्तानी गर्दा बन्न सकिन्छ लखपति, दैनिक १ हजार रुपैयाँ पक्का

५ जेष्ठ २०७९, बिहीबार १३:१०

काठमाडौं । अनलाईन भुक्तानी प्रदायक सेवा ईसेवाले बीमाशुल्क भुक्तानी गर्दा लखपति बन्ने स्किम ल्याएको छ।ईसेवा बीमाशुल्क भुक्तानी गरिन्छ लखपति बनिन्छ भन्ने नाराका साथ यो योजना ल्याएको हो ।

साथै यस योजना अन्तर्गत प्रयोगतकर्ताले बम्पर उपहारवापत १ लाख रुपैयाँ र दैनिक एक जनालाई १ हजार रुपैयाँ पक्का उपहार दिने भएको कम्पनीले जनाएको छ।

हाल नेपालमा संचालनमा रहेका १९ वटै जीवन बीमा कम्पनीहरु ईसेवामा आवद्ध छन् । ईसेवा प्रयोगकर्ताले ईसेवामार्फत यो सुविधामा सहभागि हुन कम्पनीले आग्रह गरेको छ।

स्थापना भएको १३ वर्षमा इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । ईसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*