निर्वाचन अपडेट : देशभर नेपाली कांग्रेस २५३ स्थानमा बिजयी, एमालेले १६५ स्थानमा जित्दा माओवादीले १०६ स्थानमा मात्रै

५ जेष्ठ २०७९, बिहीबार १७:५४

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि मतगणना जारी छ । ५७६ स्थानको मतगणना सम्पन्न भइसकेको छ भने बाँकी १७७ स्थानहरुको मतगणना हुने क्रम जारी नै छ ।

अहिलेसम्मको अपडेटअनुसार देशभर मुख्य दलहरुले अग्रता लिइरहेका छन् । पछिल्लो विवरणअनुसार नेपाली काँग्रेसले सबैभन्दा धेरै २५३ स्थानमा जित हासिल गरेर अग्र स्थानमा रहेको छ । काँग्रेसले अध्यक्षमा २५३ स्थानमा र उपाध्यक्षमा १३७ स्थानमा बिजयी हासिल गरेर अन्य दललाई पछि पारेको हो ।

त्यस्तै, दोस्रोमा नेकपा एमालेले १६५ स्थानमा जित हासिल गरेको छ । उपप्रमुख तर्फबाट नेकपा एमालेले १७८ स्थानमा जित हासिल गरेको छ ।
नेकपा माओवादी केन्द्रले १०६ स्थानमा बिजयी हासिल गरेर तेस्रो स्थान जमाएको छ । माओवादीले प्रमुख तर्फ १०६ स्थानमा र उपप्रमुख तर्फ ११२ स्थानमा बढी मत ल्याएर तेस्रो स्थान ओगटेको हो ।

अझै पनि कुल ७५३ मतकेन्द्र मध्ये १७७ स्थानको मतगणना जारी छ । काँग्रेसले प्रमुख तर्फ नेकपा एमालेको भन्दा ८८ बढी स्थान र नेकपा माओवादी केन्द्रको भन्दा १४७ स्थान बढी अग्रता लिएको छ । त्यस्तै, उपप्रमुख तर्फ नेकपा एमालेको भन्दा ५९ बढी स्थान र नेकपा माओवादीको भन्दा १२५ बढी स्थानमा बिजयी हासिल गरेको छ ।

त्यस्तै चौथोमा जसपा नेपालले १७ स्थानमा जित हासिल गरेको छ भने उपप्रमुख तर्फ १४ स्थानमा जसपाको जित भएको छ । ए समाजवादी पार्टीले १३ स्थानमा, लोसपाले ३ स्थानमा, राप्रपाले २ स्थानमा र जनमोर्चाले ४ स्थानमा जित हासिल गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*