सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन संचालनमा रोक लगाउने निर्णय

६ जेष्ठ २०७९, शुक्रबार २०:१७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*