१९ यात्रु बोकेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त, थप विवरण आउन बाँकी
काठमाडौं । आज विहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९एनएईटी जहाज मुस्ताङको लेते नजिककै अग्लो पहाडमा दुर्घटनाग्रत भएको छ । विकट हिमाली जिल्ला जोमसोममा पुग्नको लागि बेनीबाट खोचमा प्रवेश गरिसकेपछि फर्कन नमिल्ने रुटमा उडान भरिरहेको जहाज लेते नजिकैको पहाडमा ठोक्किएर दुर्घट्नाग्रस्त बनेका स्थानीयबासीले टेलिफोनमा जनाएका छन् ।
फ्लाईट राडारका अनुसार जहाज १२ हजार ८०० फिटको उचाईमा उडान भरिरहेको समयमा दुर्टनाग्रस्त हुन पुगेको देखिएको छ ।
विहान १०ः१५ बजे जोमसोममा अवरण गर्नुपर्ने जहाज अवतरण नगरेपछि नागरिक उड्डयन प्राधिरकण खोजी सुरु गरेको थियो । उक्त जहाजमा १३ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । जहाज क्याप्टेन प्रवाखर घिमिरेले उडाएका थिए ।
यात्रुहरुको विवरण
चालक दलका सदस्यहरु :-
१.क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर