नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अन्तिम दिन

१५ जेष्ठ २०७९, आईतवार १३:४१

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले सोमवार जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७७र७८ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ ३० गते साधारण सभा बोलाएको छ ।कम्पनीले सभा नेपाल पर्यटन बोर्ड पदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*