निजि अस्पतालबाट स्वास्थ्य बीमा सेवा खारेज गर्ने सरकारको निर्णय

१५ जेष्ठ २०७९, आईतवार १७:१६

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ । सरकारले आज प्रस्तुत गरेको बजेटमार्फत निजि अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालहरुमा मात्रै लाभग्राहीहरुले सेवा पाउने व्यवस्था गरिएको घोषणा बजेटमार्फत गरेका छन् ।आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत स्वास्थ्य बीमा बोर्डका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवस्यक तयारी गरिने भएको छ । यस्तो घोषणासँगै आगामी आवदेखि निजि अस्पतालमा स्वास्थ्य बीमा सेवा सञ्चालन हुने छैनन् ।साथै सरकारले निजि बीमा कम्पनीहरुमार्फत स्वास्थ्य बीमा सेवा अघि बढाउने प्रक्रिया थालनी गरिने घोषणा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*