वैदेशिक रोजगारमा जानेहरुका लागि माग अनुसारको तालिम दिने

१५ जेष्ठ २०७९, आईतवार १७:२८

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि गन्तव्य मुलुकको मागअनुसारको तालिम प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री शर्माले आज संसदमा आगामी आवको बजेट घोषणामा यस्तो बताएका हुन् ।

साथै वैदेशिक रोजगारीको नयाँ गन्तव्यमुलुकहरुको पहिचान गरी विद्यमान श्रम सम्झौताको प्रभावकारीता अध्ययन तथा पुनरावलोकन गरिने मन्त्री शर्माले बताएका हुन् ।

यसैगरी रोजगारी सूचना प्रणालीलाई स्तरोन्नती गरी वैदेशिक रोजगारी सम्बद्ध सेवाहरु अनलाईन प्रणाली मार्फत उपलब्ध गराउन व्यवस्था मिलाइने घोषणा भएको हो । त्यसैगरी काठमाडौंबाट मात्रै प्रदान हुने श्रम स्वीकृति काठमाडौं बाहिरका श्रम तथा रोजगारका कार्यालयहरुबाट अनलाईनमार्फत उपलब्ध गराईने मन्त्री शर्माले बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*