सरकारी विद्यालयका विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच गरिने

१५ जेष्ठ २०७९, आईतवार १८:००

काठमाडौं । सरकारकाले शैक्षिक सत्र सुरु हुनुअघि सार्वजनिक विद्यालयका सबै विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउने भएको छ । आज संसदमा आगामी आव २०७९।०८० को बजेट घोषणामा अर्थमन्त्री जनार्दश शर्माले यस्तो बताएका हुन् ।

रक्तसंचार सेवालाई व्यस्थित र सर्वसुलभ बनाउन सबै प्रदेशमा सरकारी स्वामित्वको ब्लड बैंक स्थापना गर्ने मन्त्री शर्माले बताएका हुन् ।

साथै सबैं प्रदेशको संघीय अस्पतालमा क्याथल्याब सहितको आमस्मिक मुटुरोग सेवा प्रारम्भ गर्न आवश्यक व्यवस्था मिलाएको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*