सरकारले बीमा कलेज निर्माण गर्न प्रोत्साहन गर्ने

१५ जेष्ठ २०७९, आईतवार १८:३४

काठमाडौं । सरकारले बीमा कलेज निर्माण गर्न प्रोत्साहन गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९।८० को बजेट घोषणा गर्दै बीमासम्बन्धी कलेज निर्माण गर्न प्रोत्साहन गरिने बताएका हुन् ।

अर्थमन्त्री शर्माले बीमा सूचना केन्द्र निर्माण गर्ने र बीमा विद्यालय समेत निर्माण गर्न प्रोत्साहन गरिने बताएका हुन् । साथै बीमा कम्पनीहरुले आफ्नो लगानीको निश्चित प्रतिशत विकास आयोजनामा लगानी गर्नुपर्ने व्यवस्था मिलाइएको मन्त्री शर्माले उक्त घोषणमार्फत बताएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*