ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
८ पुष २०७९, शुक्रबार १०:४८

काठमाडौं । नेपाली बजारमा आजको मुल्य १२ सय रुपैयाँ र चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।
विहिवारका दिन नेपाली बजारमा सुनको मुल्य ३ सय रुपैयाँ र चाँदीको मुल्य ५ रुपैयाँले घटेको थियो ।












