१६ करोड पर्ने १९ किलो सुनको पेटी लगाएर काठमाडौं आउने व्यक्ति विमानस्थलबाट पक्राउ

९ पुष २०७९, शनिबार ०८:५३

काठमाडौं । १९ किलो सुनको पेटी लगाएर काठमाडौं आएका एक व्यक्तिलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । दुबईबाट फ्लाई दुबईको उडानमार्फन नेपाल आउने क्रममा १९ किलोको पेटी बनाएर अध्यागमनलाई झुक्याउँदै सुन तस्करी गरेको आरोपमा प्रहरीले सुडानी नागरिक मोहम्मद अहमद डफल्ला सराफलदिनलाई प्रहरीले हिजो पक्राउ गरी अनुसन्धाधन सुरु गरेको छ ।

ति व्यक्तिले त्रिभुवन भन्सार कार्यालयले सेतो लिक्विड बनाएर बेल्ट जसरी कम्मरमा बाधेर सुन ल्याएका थिए । भन्सार चेकजाँच गर्दा शंकास्पद देखिएपछि थप अनुसन्धान गर्दा सुन हो भन्ने निष्कर्षमा भन्सार कर्मचारी र प्रहरी पुगेका हुन् । यद्यपि उक्त सुनको परिक्षण भने हुन बाँकी छ । भन्सार विभागका अनुसार सुडान राहदानीबाहक मोहम्मद अहमद डाफल्ला सराफलदिनले लिक्विड अवस्थामा ल्याएको सुन हो कि या अन्य वस्तु हो भनि अनुसन्धान भइरहेको छ । उनलाई गौशाला वृत्तमा राखिएको छ ।

नेपालमा सुन तस्करीको नयाँ नयाँ शैलीहरु भइरहेका छन् । सो क्रममा ति सुडानी नागरिकले सुन तस्करीको भरिया बनेर सुनलाई नयाँ लिक्वीडमा रुपान्तरण गरी नेपाल भित्राउन खोज्दा प्रक्राउ परेका हुन् । यसअघि निकै लामो समय यति ठूलो मात्रामा सुन पक्राउ परेको थिएन ।
पक्राउ परेको सुनको मूल्य १६ करोड ४० लाख भन्दा बढि मूल्य पर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*