२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको स्थिर
१० पुष २०७९, आईतवार १०:४७

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

शुक्रवारका दिन नेपाली बजारमा सुनको मुल्य १२ सय रुपैयाँ र चाँदीको मुल्य १५ रुपैयाँले घटेको थियो ।












