प्रचण्डलाई चीनले दियो बधाई
१० पुष २०७९, आईतवार २१:३५

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन सरकारले आजै बधाई ज्ञापन गरेको छ । काठमाडौंस्थित चिनियाँ दुताबासका प्रबक्ताले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना तथा बधाई ज्ञापन गरेको हो । काठमाडौंस्थित दुताबासका प्रबक्ता तथा कार्यबाहक राजदूत झ्याङ जिले बधाई ज्ञापन गरेको हो । चिनियाँ निकटवर्ती स्रोतका अनुसार आजै राति वा भोलिसम्म बेईजिङबाट बधाई ज्ञापन हुनेछ । नव नियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारतभन्दा पहिले चीनले बधाई दिएको हो ।












