माउन्टेन इनर्जी नेपाल लिमिटेडको नयाँ संचालक समिति गठन
११ पुष २०७९, सोमबार ११:२९

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष ९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट नयाँ संचालकहरु निर्वाचित भएका हुन् ।
संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुने संचालकहरुमा सुहृद घिमिरे, मनोहर दास मुल, अरुण कुमार केसी, क्षनक दत्त खनाल र मोहन गुरुङ्ग रहेका छन् ।












