देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको छ: चन्द्र ढकाल

२४ पुष २०७९, आईतवार ११:३६

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन्।शनिबार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुशीयालीमा दुबै बैंकका कर्मचारीहरुले गरेको वाकथनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुनेछ। उनले देशकै ठूलो बैंक भएपछि आफूहरुले बैंकिङ क्षेत्रमा करिव १० प्रतिशत हिस्सा लिने बताए।
उनले बैंक स्थापना भएको १६ वर्षमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्नु खुशीको कुरा भएको पनि बताए। उनले आगामी दिनमा बैंकका सेवा बिस्तार गरी, चुस्त, दुरुस्त सेवा दिने र सबै नेपालीको बैंकको रुपमा डिपोजिट वा व्यवसाय गर्नको लागि लगानी दिने बैंकका रुपमा अघि बढाउने बताए।

‘ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाडौं मर्ज भएर नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। बैंकिङ क्षेत्रको कुरा गर्दा करिव १० प्रतिशत हिस्सा हामीले लिनेछौँ,’ ढकालले भने, ‘बैंक स्थापना भएको १६ वर्षमा हामी नेपालकै सबैभन्दा ठूलो बैंक बनेका छौँ।

आउने दिनमा हाम्रो गुणस्तर र सर्भिसलाई चुस्त र दुरुस्त हिसावले अघि बढाउनेछौँ। सबै नेपालीको बैंकको रुपमा डिपोजिट वा व्यवसाय गर्नको लागि अघि बढ्नेछौँ ।’

यही पुस २५ गते एकीकृत कारोबार पश्चात ग्लोबल आईएमई बैंक देशकै उत्कृष्ट बैंक बन्दैछ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपछि ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्ला अन्तर्गत ३८५ शाखा मार्फत ४० लाख भन्दा बढि ग्राहक माँझ आफ्नो उपस्थिति दर्शाउँदैछ । सबैभन्दा धेरै ग्राहक भएको एनआईसी एसियाको ३२ लाख ग्राहक छन्। अब ग्लोबल आइएमई बैंक ग्राहकहरुको आधारमा समेत सबैभन्दा धेरै ग्राहकसञ्जाल भएको बैंक बन्ने भएको छ ।

हाल अन्तिम चरणमा रहेको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू ९बीओके०ले मर्जर प्रक्रिया पूरा गरी यही पुस २५ गतेबाट एकीकृत कारोबार गर्दैैछन् । चुक्ता पुँजिको आधारमा ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा धेरै चुक्ता पुँजि भएको बैंक बन्नेछ । पुस २५ गतेबाट ग्लोबल आइएमई बैंकको कूल चुक्ता पुँजि नै ३४ अर्ब ४१ करोड पुग्नेछ।

सरल र सुलभ बैंकिङ सेवालाई आत्मसात गर्दै अघि बढेको बैंकमा आबद्ध करिब ४० लाख सँगै तीन खर्ब ८० अर्बभन्दा बढि निक्षेप परिचालन हुनेछ भने तीन खर्ब ६४ अर्ब भन्दा बढि कर्जा परिचालन भएको हुनेछ । नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा कूल राजश्वको झण्डै २५ प्रतिशत निक्षेप ग्लोबल आइएमई बैंकसँग हुनेछ।

बैंकले गत पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान दिईसकेको छ । दुवै बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत पुस १९ गते एकीकृत कारोबारका लागि स्वीकृति पाईसकेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ स्वाप रेसियोमा मर्जरमा गएका हुन् । बैंक अफ काठमाण्डुको १०० कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन्।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं। २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने र गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल र अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर हुने व्यवस्था दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ ।बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन्मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

One thought on “देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको छ: चन्द्र ढकाल

  1. Prakash kumar shrestha says:

    Bides jany bekti haru lie ni sulvv tarikale rinn dinu paryu

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*