माईक्रोफाइनान्स सेक्टर उचाँलिदा कुन लघुवित्तको शेयर मूल्य कतिले बढ्यो ?

२५ बैशाख २०८१, मंगलवार १७:३८

काठमाडौं । नेप्से आज उकालो लागेको छ। नेप्से उकालो लाग्दा माईक्रोफाइनान्सको क्षेत्र उचालिएको छ।आज ४५ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने यी मध्ये ६ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ।
आज सबैभन्दा बढी लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढेको छ ।

यो दिन सर्वाधिक कमाउने कम्पनीमा हिमालयन लघुवित्त वित्तीय संस्था रहेको छ ।त्यस्तै यो दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.४७ प्रतिशतले बढेको छ ।

समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.४६ प्रतिशतले बढेको छ ।सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ७.४२ प्रतिशतले बढेको छ ।

सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ५.९४ प्रतिशतले घटेको छ ।त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

उता हिमालयन लघुवित्त वित्तीय संस्थाको भने ४ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*