बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने विश्व बैंकले नेपाललाई साढे १० अर्ब ऋण दिने

२५ बैशाख २०८१, मंगलवार १४:५४

काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८० मिलियन डलर (करिब १० अर्ब ६८ करोड रुपैयाँ) को विकास नीति ऋण स्वीकृत गरेको छ । बैंकले थर्ड फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पॉलिसी क्रेडिटले निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई समर्थन गर्न वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ ।

यस सहायताले नेपालको बैंकिङ र बिमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बिमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।

यस अभियानले महिला उद्यमीहरूलाई केन्द्रित गर्दै डिजिटलाइजेसन, परिष्कृत ऋण पूर्वाधार र सुधारिएको वित्तीय साक्षरता मार्फत वित्तीय समावेशीकरणमा पनि वृद्धि गर्नेछ ।

“यस परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्दछ र विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पु¥याउने गरि नेपालको आर्थिक वृद्धिमा योगदान पु¥याउन निजी लगानीका लागि सक्षम वातावरण सिर्जना गर्न मद्दत गर्नेछ,“ नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले भने ।

यस सहायताले नेपालको जलवायु एजेन्डालाई पनि समर्थन गर्दछ, उदाहरणका लागि, ग्रिन बन्ड जारी गर्न एउटा संरचना स्थापना र क्रेडिट ग्यारेन्टी उत्पादनहरूमा जलवायु सम्बन्धी न्यूनीकरण र अनुकूलन प्रतिबद्धताहरू एकीकृत गर्दै जलवायु सम्बन्धी जोखिमहरू र बैंकिङ क्षेत्रको पोर्टफोलियोको प्रभावहरूको खुलासा गरी जलवायु जोखिमहरूको पर्यवेक्षणलाई बढाएर जलवायु जोखिम सहित बिमा उत्पादनहरूको लागि जोखिम–सूचना मूल्य निर्धारण गर्ने विश्व बैंकले आशा गरेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*