झिनो अकंले बढ्यो शेयर बजार, कारोबार २ अर्बमा सीमित, माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता

२५ बैशाख २०८१, मंगलवार १५:०७

काठमाडौँ । शेयर बजारमा राताम्य यात्रामा ब्रेक लागेको छ । शेयर बजार लगातार तिन दिनको ओरालो यात्रा पछि सुधार आएको हो ।

मंगलबार बजार झिनो अकंले बढेको् हो । नियामकबाट लगानीकर्ताले नीतिगत अवरोध फुकुवाको माग गर्दै आइरहेका छन् । नियामकको आश्वासनबाट दिक्क भएका लगानीकर्ताले अब काम खोजि रहेका छन् । मंगलबार माइक्रोफाइनान्स सेक्टरको शेयर भने वृद्धि भएको छ । अधिकांश माइक्रोफाइनान्सको खराब कर्जा घट्दा नाफामा आएको सुधारले लगानीकर्ता सो क्षेत्र तिर झुम्मिएका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अकंले बढेर १९६०.८१ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । आज ११४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२० कम्पनीको वृद्धि भएको हो ।

मंगलबार चार उपसूचकमा हरियाली भएको छ । आज माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशत, अन्य समूहको ०.७० प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३० प्रतिशत र विकास बैंक समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै, पोखरा फाइनान्सको ८ करोड३२ लाख रुपैयाँ, आएसडिसि लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ५ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*