सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

२४ बैशाख २०८१, सोमबार ०९:२७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ ।

citizen life dividend

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*