दोस्रो पटक पोखरा उडेको थियो यतिको ९एन–एएनसी एटिआर जहाज, काठमाडौंबाट उडे लगत्तै उचाई नाप्ने उपकरणमा समस्या !

१ माघ २०७९, आईतवार १२:४५

काठमाडौं । आज विहान पोखरामा दुर्घटनाग्रस्त बनेको यति एयरलाइन्सको ९एन एएनसी जहाज दोस्रो पटक पोखराको लागि उडेको थियो । आजको पहिलो खेप विहान ८ः०५ बजे पोखराको लागि जहाज उडेको थियो । उक्त जहाज पोखरास्थित विमानस्थलमा ८ः३१ बजे अवतरण गरेको थियो । काठमाडौंबाट पोखरा पुग्न जहाजलाई २८ मिनेट समय लागेको थियो ।

पोखरामा यात्रु भरेर पुन जहाज काठमाडौं तर्फ उडेको थियो । विहान ८ः५० बजे पोखराबाट उडेको जहाज ९ः१८ बजे काठमाडौंस्थित विमानस्थलमा सकुशल अवतरण गरेको थियो । पोखराको पहिलो टिप भ्याएर आएको जहाजलाई दोस्रो टिप पनि पुनः पोखरा नै पठाइएको थियो । विहान १०ः३२ बजे काठमाडौंबाट पोखराको लागि टेक अफ गरेको जहाज विहान १०ः५९ बजे पोखरास्थित विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर, आज विहानको काठमाडौंमा गरेको टेक अफ नै अन्तिम हुन पुग्यो ।

आज विहानको पहिलो ल्याण्डिङ पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको थियो । सो नयाँ विमानस्थलमा पहिलो पटक उडान गर्ने जहाज र क्याप्टेन समेत कमल केसी नै थिए । उनै कमल केसी आजै दोस्रो पटक पोखरामा अवतरण गर्दै थिए । चार बालबालिका सहित ६८ जना यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण गर्दै गरेका क्याप्टेन केसीले नेतृत्व गरेको जहाज नयाँ पुरानो विमानस्थलको बीचमा रहेको सेती दिनको खोँचमा खस्न पुगेको थियो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार जहाज अवतरण गर्ने अन्तिम चरणमा थियो । जहाज अवतरण हुनु एक मिनेट अघि मात्रै दुर्घटनाग्रस्त भएको हो । अन्तिम अवस्थामा के भयो भनेर विस्तृत विवरण आउन बाँकी छ । आजै विहानको पहिलो अवतरण नयाँ विमानस्थलमा गरेकोले दोस्रो विमान किन पुरानोतर्फ पुर्याएका थिए भन्ने प्रश्न समेत उब्जिएको छ ।

उता, हवाई जहाज सम्बन्धी तथ्याङ्क दिने फ्लाईट राडारमा उक्त जहाजमा काठमाडौंबाट उडेदेखि नै जहाजको उचाई दिने सम्बन्धी संयन्त्रले सही सूचना दिइरहेको थिएन । समय समयमा जहाज ९९ हजार फिटमाथि पुगेको देखाइरहेको छ । १७ हजार फिटपको उचाईमा उड्ने जहाज त्यसरी ४५ हजार फिट माथी पुग्न सम्भव नभए पनि ककपिटमा उचाई सम्बन्धी सूचना दिने संयन्त्रले गलत सूचना दिएको हुनसक्ने अनुमान गरिएको छ । यस सम्बन्धी विस्तृत तथ्य अध्ययन पछि मात्रै बाहिर आउनेछ ।

जहाज दुर्घटनासँगै बीमा कम्पनीहरुमा तनाव सुरु भएको छ । हवाई दुर्घटना बीमा क्षेत्रका लागि निकै भारिलो हुने जोखिम हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*