सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

११ फाल्गुन २०७९, बिहीबार १४:५९

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२।४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०।६५२६ प्रतिशतले नगद लाभांश पारित गर्नेछ ।

यस्तै, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने र मर्जर सम्बन्धी बाँकी कार्यहरु पुरा गरी लुम्बिनी जनरललाई सगरमाथा इन्स्योरेन्समा गाभ्न अन्तिम स्वीकृत प्रदान गर्नेछ ।
मर्जर पश्चात बन्ने कम्पनीको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने तथा नयाँ बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली मू।अ।क दर्ता प्रमाणपत्र, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्सको कायम रहेने प्रस्ताब पारित गर्नेछ ।
दुई कम्पनी एक आपसमा गाभिए पश्चात डिडिए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी स्वाप रेशियोलाई स्वीकृत समेत गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*