सुपरमादी हाइड्रोपावरको शेयरमा पहिलो दिनमै सर्किट, कतिमा खुल्यो कारोबार ?

२१ फाल्गुन २०७९, आईतवार ११:०९

काठमाडौं । सुपरमादी हाइड्रोपावर कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । बिहिबार नेप्सेमा सूचीकृत भई कम्पनीको शेयर ‘एसएमएचएल’ सिम्बोलबाट कारोबारमा आएको हो ।

कम्पनीको शेयर २९९ रुपैयाँमा खुलेको छ । कारोबार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर १० प्रतिशत अर्थात् २९ रुपैयाँ ९० पैसा बढेर शेयरमूल्य ३२८ रुपैयाँ ९० पैसा पुगेको छ ।

यता शुभम पावर कम्पनीको शेयर भने आज कारोबारमा आउन सकेन । कम्पनीको शेयर प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ्ग हुन नसक्दा आज कारोबारमा आउन नसकेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*