दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

२२ फाल्गुन २०७९, सोमबार ०९:१०

काठमाडौं । नेप्सेमा दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिजो एकैदिन नेप्सेमा प्रभु बैंक, सेन्चुरी कर्मशियल बैंक, आईसीएफसी फाइनान्स, आधिँखोला लघुवित्त वित्तीय संस्था र फष्ट माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।प्रभु बैंकको ८२ लाख ६० हजार ६५७।७१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६।५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेन्चुरी कर्मशियल बैंकको पनि ४५ लाख ३८ हजार १०६।८७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४।७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत बराबरको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै आधिँखोला लघुवित्त वित्तीय संस्थाको ३ लाख ५७ हजार कित्ता र फष्र्ट माक्रोफाइनान्स लघुवित्तको १८ लाख ३२ हजार ५३५।५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आधिँखोला लघुवित्तले ३० प्रतिशत र फष्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत पाँच वटै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*